मेडिकल काउन्सिल सदस्यमा डा. गोपालकुमार चौधरी नियुक्त

हेल्थपत्र

२०८३ भाद्र २७ शनिवार

काठमाडौँ, २२ मङ्सिर । नेपाल मेडिकल काउन्सिलको सदस्यमा डा. गोपालकुमार चौधरी नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले शुक्रबार मन्त्रिस्तरीय निर्णयमार्फत काउन्सिलमा रिक्त रहेको सदस्य पदमा डा. चौधरीलाई नियुक्त गरेकी हुन्।

डा. चौधरीको कार्यकाल चार वर्षको रहनेछ। फरेन्सिक विज्ञ डा. चौधरी त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का उपप्राध्यापक हुन्।
उनको नियुक्तिसँगै १९ सदस्यीय नेपाल मेडिकल काउन्सिलको पदाधिकारी टोली पूर्ण भएको छ। यसअघि, मंसिरको पहिलो सातामा मन्त्री गौतमले डा. प्रकाश बुढाथोकी र डा. इन्द्रकुमार झालाई पनि काउन्सिल सदस्यमा मनोनयन गरेकी थिइन्।

 

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक