आठ पटकसम्म गर्भ जाँच गराए काठमाडौँ महानगरमा निःशुल्क स्वास्थ्य बीमा

हेल्थपत्र

२०८३ भाद्र २७ शनिवार

काठमाडौँ, ११ मंसिरः काठमाडौँ महानगरपालिकाले गर्भवतीहरुले आठ पटकसम्म गर्भ जाँच गराएमा निःशुल्क स्वास्थ्य बीमा गराइने भएको छ ।
महानगरले ८ पटकसम्म गर्भ जाँच गर्ने महिलाको स्वास्थ्य बीमा कार्यक्रममा निःशुल्क समावेश गराउने भएको हो ।

महानगरले आर्थिक बर्ष २०८२\२०८३ को बार्षिक कार्यक्रम अनुसार ८ पटकसम्म महानगरका शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा जाँच गराए निःशुल्क वीमा कार्यक्रममा समावेश गराउने भएको हो ।

उक्त कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टले महानगर भित्रका कुनै पनि गर्भवती महिलाले ८ पटकको गर्भ जाँचगरेपछि मात्र बीमा कार्यक्रममा समावेश गरिने हेल्थपत्रलाई जानकारी दिइन् । गर्भवती महिलाको बीमा कार्यक्रममा समावेश गरेसंगै उनको परिवारका सवै सदस्य पनि स्वतः बीमा कार्यक्रममाम आवद्ध हुने छन् ।
बीमा कार्यक्रममा आवद्ध भएपछि गर्भवतीको नियमति स्वास्थ्य परीक्षण, जन्मेपछि बच्चाको स्वास्थ्य उपचार समेत बीमा कार्यक्रममा आवद्ध भई निःशुल्क हुने छ । स्वास्थ्य बीमा कार्यक्रममा प्रिमियम शुल्क तीन हजार ५०० तोकिएको छ ।

 

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक