महानगरमा करिव ५७ हजार जना स्वास्थ्य बिमामा आवद्ध

हेल्थपत्र

२०८२ कातिर्क १४ बिहीबार

काठमाडौँ, १३ कात्तिक ः काठमाडौँ महानगरपालिका अहिलेसम्ममा ५६ हजार ६७३ जना स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएका छन् ।
महानगरका प्रवक्ता नविन मानन्धरका अनुसार तिमध्ये १३ हजार ५७५ जना ज्येष्ठ नागरिक, एक हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी सङ्क्रमित दुई जना रहेका छन् । महानगरले २०८० माघदेखि स्वास्थ्य विमा कार्यक्रम शुरु गरेको हो ।

महानगरले आर्थिक वर्ष २०८१÷०८२ मा एक लाख ९४ हजार १९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । तिमध्ये ८४ हजार ७०४ जनाले बहिरङ्ग सेवा लिएका छन् ।

स्वास्थ्य विमा कार्यक्रममा यस वर्ष ३० वटा स्वास्थ्य संस्था दर्ता र नविकरण गरिएका छन् ।

महानगरले १२० वटा स्वास्थ्य संस्थाको अनुगमन गरेको छ । महानगरले वेवारिसे, विपन्न र वेसहाराको निःशुल्क उपचार अन्तर्गत २१० जनालाई निःशुल्क उपचार सेवा प्रदान गरेको प्रवक्ता मानन्धरले जानकारी दिनुभयो । उनका अनुसार नसर्ने रोग स्क्रिनिङ् महाअभियान अन्तर्गत २६ हजार १९ जनाको परीक्षण समेत गरिएको छ ।
महानगरका वडा नम्बर १, ८, १०, १२, २६ र ३० बाट भिडियो एक्स रे सेवा समेत महानगरले शुरु गरेको छ । । महानगरपालिकाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना गरि स्थानीयलाई स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउँद आएको छ ।
महानगरका ३१ वटा वडामा प्रयोगशाला र फिजियोथेरापी सेवा समेत सञ्चालन गरिएको उनले बताए । स्वास्थ्य प्रवर्धन केन्द्र सहित महानगरपालिकाभित्र एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ६ वटा सुरक्षित गर्भपतन सेवा केन्द्र, एक वटा वैकल्पिक चिकित्सा तथा आयुर्वेदिक संस्था र एउटा अक्युपङ्चर सेवाबाट पनि स्वास्थ्य सेवा प्रदान गरिदै आइरहेको छ ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक