अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो र एक हजारबढी घाइते

हेल्थपत्र

२०८२ भाद्र २६ बिहीबार

काठमाडौँ, २६ भदौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेन जेड अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रर्दशनमा परि ३४ जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरुको उपचार भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशभरिका ४१ अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार ३६८ जनाको उपचार भएको छ । उनले जेनजी पुस्तामा भएको हिंसात्मक प्रर्दशनमा मन्त्रालयले विभिन्न अस्पतालमा सम्पर्क गरि प्राप्त भएको विवरण अनुसार मृत्यु र घाइते भएको तथ्य सार्वजनिक गरेको बताए ।
निजामति कर्मचारी अस्पतालमा छ जना, राष्ट्रिय ट्रमा सेन्टरमा आठ जना, एभरेष्ट अस्पतालमा तीन जना, काठमाडौँ मेडिकल कलेज सिनामंगलमा दुई जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक जना, बयोधा अस्पतालमा दुई जना,फ्रन्टलाइन अस्पतालमा तीन जना, विएण्ड सी अस्पताल विर्तामोडमा एक जना, विर्तासिटी अस्पतालमा एक जना,विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई जना र भेरी अस्पतलालमा पाँच गरि ३४ जनाको निधन भएको छ ।
यस्तै अहिले ३२१ जना घाइतेहरुको भर्ना भइ उपचार भइरहेको छ ।
सचिव डा. विकास देवकोटाका अनुसार अहिले पनि निजामति कर्मचारी अस्पतालमा ४८ जना, ट्रमा सेन्टरमा ५८ जना, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौँ मेडिकल कलेज ३५, विरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ । उहाँका अनुसार ९४९ जना उपचारपश्चात घर फर्किसकेका छन् ।

 

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक