देशभरिका अस्पतालमा ३० जनाको मृत्यु र एक हजारबढी घाइते

हेल्थपत्र

काठमाडौँ, २५ भदौ ः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेन जेड अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रर्दशनमा परि ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरुको उपचार भएको जनाएको छ ।
मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र एक हजार ६१ जनाको उपचार भएको छ । उहाँले मन्त्रालयले विभिन्न अस्पतालमा सम्पर्क गरि प्राप्त भएको विवरण सार्वजनिक गरेको बताए । यो सङ्ख्या जेनजी पुस्तामा भएको हिंसात्मक प्रर्दशनमा भएको घटनाको हो ।
निजामति कर्मचारी अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट अस्पतालमा तीन जना, काठमाडौँ मेडिकल कलेज सिनामंगलमा दुई जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक जना, फ्रन्टलाइन अस्पतालमा तीन जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई जना र भेरी अस्पतलालमा पाँच गरि ३० जनाको निधन भएको छ ।
यस्तै अहिले २७४ जना घाइतेहरुको भर्ना भइ उपचार भइरहेको छ । यस्तै ५६ जना ५६ जनालाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर र ७१९ जना उपचारपश्चात घर फर्किसकेका छन् ।
सचिव डा. देवकोटाका अनुसार अहिले पनि निजामति कर्मचारी अस्पतालमा ४८ जना, ट्रमा सेन्टरमा ५८ जना र वीर अस्पतालमा २० जना, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौँ मेडिकल कलेज २४, विरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ ।
सवभन्दा धेरै उपचार ४३६ जना निजामति कर्मचारी अस्पतात, ट्रमा सेन्टरमा १६१ जना र एभरेष्ट अस्पतालमा १०९ जनाको घाइतेको उपचार भएको थियो ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक