रेडक्रसको एम्बुलेन्स र प्राथमिक उपचार टोलीमाथि भएको आक्रमणप्रति दुःख व्यक्त

हेल्थपत्र

२०८२ भाद्र २५ बुधबार
काठमाडौँ, २३ भदौः नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले आज जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचारमा एम्बुलेन्ससहित खटिएका प्राथमिक उपचार टोलीमाथि भएको आक्रमणप्रति दुःख व्यक्त गरेको छ ।
शाखाका सभापति श्यामकाजी डोटेलले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा काठमाडौँको मध्यबानेश्वरमा नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स र प्राथमिक उपचारमा खटिएका टोलीमाथि अभद्र व्यवहार र ढुङ्गा प्रहार गरिएको घटनाले दुःखी तुल्याएको उल्लेख छ ।
“घाइतेको उपचार, अस्पतालसम्म पु¥याउने र रगतको व्यवस्थापनका लागि खटिएका रेडक्रसकर्मी र रेडक्रस चिन्ह अङ्कित एम्बुलेन्सलाई सेवा प्रदान गर्न सबैले सहयोग गरिदिनु हुन सम्पूर्ण महानुभावमा हार्दिक अनुरोध गर्दछौँ”, जारी विज्ञप्तिमा भनिएको छ ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक