जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुग्यो

हेल्थपत्र
२०८२ भाद्र २५ बुधबार

काठमाडौँ, २३ भदौ । काठमाडौँको नयाँ बानेश्वर भएको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुगेको छ।
ट्रमा सेन्टरमा सात, निजामति कर्मचारी अस्पतालमा तीन, एभरेष्ट अस्पतालमा पाँच, काठमाडौँ मेडिकल कजेलमा दुई जना, शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको छ ।
अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले ७ जनाको मृत्यु भएको बताए । ट्रमा सेन्टरमा ५० जना घाइतेको उपचार भइरहेको छ।
मृतकहरूको परिचय खुलेको छैन ।
निजामति कर्मचारी अस्पतालमा १३५ जनाको उपचार भइरहेको छ । अहिले काठमाडौँका विभिन्न अस्पतालमा २ सय बढी घाइतेको उपचार भइरहेको छ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक