जेन–जीको प्रदर्शनमा प्रहरीको गोलीबाट नौ जनाको मृत्यु

हेल्थपत्र

काठमाडौ, २३ भदौ । सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा उत्रिएका जेन–जीहरु प्रदर्शनमा प्रहरीको गोलीबाट नौ जनाको मृत्यु भएको छ ।
जेनजीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा नौ जनाको मृत्यु भएको हो ।
नयाँ बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीको गोलीबाट नौ जनाको मृत्यु भएको हो । मृतकको अझै पहिचान हुन सकेको छैन ।
ट्रमा सेन्टरमा ६ जना, सिभिल अस्पतालमा एक, काठमाडौँ मेडिकल कलेजमा र त्रिवि शिक्षण अस्पतालमा एक एक जनाको मृत्यु भएको हो।
१० जना गम्भीर प्रर्दशनकारीको अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको टाउको र छातीमा गोली लागेको छ, ।
प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको छ । घाइतेको ट्रमा, सिभिल, एभरेस्ट लगायतका अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक