शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल

हेल्थपत्र

२०८२ भाद्र २६ बिहीबार

काठमाडौं, २२ भदौ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा। केशर बहादुर ढकाल नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज उनलाई सो पदमा नियुक्त गरेका हुन् ।
डा। ढकाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव हुनुहुन्छ ।

उनी यसअघि मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखामा रहेका थिए ।

मानव अंग प्रत्यारोपण विकास समिति गठन) आदेश २०६८ को दफा ३ को उपदफा २ ९क० को व्यवस्था बमोजिम डा. ढकाललाई अध्यक्षमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।

ऐनको व्यवस्था बमोजिम अध्यक्षको पदावधि ४ वर्षको रहनेछ।
मन्त्रालयका पूर्व स्वास्थ्य सचिव डा. रोशन पोखरेलले अवकाश पाएपछि विकास समितिको अध्यक्ष पद रिक्त भएको थियो।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक