जापानिज इन्सेफलाइटिस्बाट ६३ सङ्क्रमति र ११ जनाको मृत्यु

हेल्थपत्र

२०८२ भाद्र २६ बिहीबार

काठमाडौँ, ३ भदौ ः जापानिज इन्सेफलाइटिस्बाट अहिलेसम्म ११ जनाको निधन भएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोपशाखा प्रमुख डा. अभियान गौतमले जापानिज इन्सेफलाइटिस्बाट अहिलेसम्म ६३ जनामा देखिएको र ११ जनाको मृत्यु भइसकेको छ ।
उहाँका अनुसार तेह्रथुम, बारा, मोरङ्ग, झापा, नवलपराली पश्चिम, कैलाली, प्यूठान र अर्घाखाँचीका एक÷एक जना तथा चितवन तीन जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ८ बर्षका एक जना, १७ बर्षका एक जना र ४० बर्षभन्दामाथिका नौ जना रहेका छन् ।
शाखा प्रमुख डा. गौतमका अनुसार मृथ्यु भएकामध्ये घरमा नै रहेका ३० प्रतिशत, अस्पताल जादाजादै २७ प्रतिशत रहेका छन् ।
सन् २०२४ मा जापानिज इन्सेफलाइटिस्बाट २५ जनाको निधन भएको थियो भने ८६ जनालाई सङ्क्रमण भएको थियो ।।
उहाँले जापानिज इन्सेफलाइटिस् खोप नलगाएका धेरै सङ्क्रमण देखिएको छ ।
जापानिज इन्सेफलाइटिस् अहिलेसम्म २४ जिल्लामा ५० वटा स्थानीय तहमा देखिएका छन् । यो रोग विशेषगरी साउनदेखि कार्तिकसम्म बढी देखिन्छ । उहाँका अनुसार २४ वटा स्थानीय तहलाई उच्च जोमिखको रुपमा लिइएको छ ।
नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफलाइटिस् विरुद्धको खोप लगाइएको छ ।
कसरी सर्दछ
जापानिज इन्सेफलाइटिस् मस्तिष्कमा सङक्रमण हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाईबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो लामुखट्टै साँझपख तथा झिसमिसे विहानीको समयमा बढी सक्रिय हुने गर्दछ । धानवाली, दलदल र पानी जम्ने स्थानहरु लामखुट्टैको लागि प्रजनन स्थल बन्ने हुनाले यस्ता क्षेत्रमा संङ्क्रमणको जोखिम बढी हुन्छ ।
जापानिज इन्सेफलाइटिस् गम्भिर अवस्थामा पुग्यो भने मस्तिष्क सुन्निने, पक्षाघात हुने, वेहोस हुने, कोमामा जाने वा ३० प्रतिशतसम्मको मृत्यु समेत हुन सक्छ ।
यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने भएपनि धेरैजसो १५ वर्ष मुनिका बालबालिकामा देखिने गर्दछ ।
यो भाइरसबाट सङक्रमित हाँस, कुखुरा जस्ता चरा–चुरुङ्गी र सुँगर–बँगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे सङ्क्रमित हुन्छ र ती सङक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ । जापानिज इन्सेफलाइटिस् मानिसबाट मानिसमा भने सर्दैन ।
लक्षण
ज्वरो आउनु, टाउको दुख्नु, वाकवाकी लाग्नु, कमजोरी महसुस हुुनु जस्ता यस रोगका लक्षण हुन् ।
गम्भिर लक्षण
१०२ डिग्री फरेनहाइट भन्दा बढी ज्वरो आउनु, टाउको वेस्सरी दुख्नु, शरिर कम्पन हुनु, अर्धचेत वा वेहोस हुनु, शारीरिक कमजोरी वा पक्षाघात हुनु जस्ता यसका गम्भिर लक्षण हुन्।
बच्ने उपाय
लामखुट्टैको टोकाईबाट बच्नु नै जापानिज इन्सेफलाइटिस्बाट बच्नु पर्दछ । जापानिज इन्सेफलाइटिस् रोगबाट बच्नकोलागि आफ्ना बालबालिकालाई १२ महिनामा जापानिज इन्सेफलाइटिस् खोप लगाउनु पर्छ ।
यदि यो खोप लिन छुटको छ भने ५ वर्षको उमेरसम्म पनि जापानिज इन्सेफलाइटिस् खोप लगाउन सकिन्छ । झुल प्रयोग गरेर सुत्ने, घरबाट बाहिर निस्कदा, खेतीपातीमा काम गर्दा पुरा वाहुला भएको कपडा लगाउनुपर्दछ । यस्तै घरभित्र लामखुट्टै धपाउने घूप वा स्प्रे प्रयोग गर्नुपर्दछ । शरद् शर्मा

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक