डोल्पा, हुम्ला र मनाङ् वाहेक सवै जिल्लामा डेङ्गी सङ्क्रमण

हेल्थपत्र

काठमाडौँ, १९ भदौ ः डेङ्गीको सङ्क्रमण तीन जिल्ला वाहेक सवैमा देखिएको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले डोल्पा, हुम्ला र मनाङ् जिल्ला वाहेक सवैमा सङ्क्रमण देखिएको बताए ।
उनका अनुसार सङ्क्रमण ७४ जिल्लाका तीन हजार ८११ जनामा देखिएको छ ।
उनले डेङ्गी सङ्क्रमण पानी परेसंगै देखिन थालेको जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो एक हप्तामा २३१ जनामा सङक्रमण देखिएको छ । यस्तै सङक्रमणबाट दुई जनाको निधन भएको छ ।
कोशी प्रदेशमा ६३६, मधेश प्रदेशमा ७७, वागमती प्रदेशमा ७९६, गण्डकी प्रदेशमा एक हजार ३८ जना, लुम्बिनी प्रदेशमा ६७० जना, कर्णाली प्रदेशमा १४८ र सुदूरपश्चिम प्रदेशमा ४४७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।
रोग शाखाका प्रमुख डा.दाहालले पानी धेरै परेपछि धेरै ठाउँ सङ्कलन हुने र त्यही सङ्कलन भएको पानीमा डेङ्गी सार्ने लामखुट्टे फैलिने बताए ।
उनले धेरै पानी पर्ने भएकोले सर्वसाधारणलाई सतर्कता अपनाउन समेत आग्रह गरे ।
पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ ।
डेङ्गी रोकथामका लागि सरकारले प्रत्येक शुक्रबार लामखुट्टै खोज र नष्ट अभियान संचालन गरेको छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक