रूपन्देही क्षेत्र नं. ३ का लागि रास्वपाका उम्मेदवार डा. लेखजङ्ग थापाले सम्बन्ध विच्छेदको कागज

हेल्थपत्र

काठमाडौँ, १७ भदौ । बहुविवाह तथा बहुपत्नीको हल्ला सामाजिक सञ्जालमा भाइरल बनेपछि रूपन्देही क्षेत्र नं. ३ का लागि रास्वपाका उम्मेदवार डा. लेखजङ्ग थापाले सम्बन्ध विच्छेदको कागज नै सार्वजनिक गरी दिएका छन् । उनले आज सामाजिक मार्फत रूपन्देही जिल्ला अदालतबाट जारी सम्बन्ध विच्छेदको आदेश फेसबुकमा राखेका हुन् ।
“मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो। र त्योभन्दा ठूलो सत्य सम्बन्ध विच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो जसको म बाबा पनि हो। मेरो निजी जीवनको यो आयामबारे मैले पार्टीलाई जानकारी दिएको र पार्टी नेतृत्वले लिएको कानुनी परामर्श समेतलाई उम्मेदवार छनोट प्रक्रियामा संलग्न गरिएको मेरो बुझाइ छ, ” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक