अनसररत रहेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या

हेल्थपत्र

काठमाडौं, १७ भदौ । अनसनरत प्राडा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । कैलालीको गेटा अस्पतालमा अनसनरत डा केसीको मुटुको चालमा गडबडी हुने र मांशपेसी दुख्ने, बाउडीने समस्या देखिएको छ ।
डा.केसीले आइतबारदेखि २३ औं अनसन सुरु गरेका हुन् । चिकित्सा शिक्षा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको बैठकले निजी मेडिकल कलेजहरुको सिट संख्या थप्ने निर्णय गरेको विरोधमा डा. केसीले अनसन सुरु गरेका हुन् ।
डा.केसीले आयोगको उक्त निर्णयले गुणस्तरमा असर गर्ने भन्दै निर्णय फिर्ताका लागि आग्रह गरेका थिए । तर उनको आग्रहका विषयमा सरकारले कुनै काम अगाडि नबढाएपछि अनसन सुरु गरेका हुन् ।
आयोगले सरकारी संस्थामा एमबीबीएस तथा बीडीएसको सिट नबढाएर निजीको बढाउने निर्णय गरेको छ । एक सय सिट भएका मेडिकल कलेजलाई १३० सिटसम्म दिने निर्णय आयोगले गरेको छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक