नेपालको स्वास्थ्यमा दक्षसंगै सीपयुक्त जनशक्ति आवश्यक

हेल्थपत्र

२०८२ भाद्र २६ बिहीबार

काठमाडौँ, १२ भदौ । नेपालको स्वास्थ्यमा दक्ष जनशक्तिसंगै सीपयुक्त जनशक्ति आवश्यक रहेको सहभागिले जोड दिएका छन् ।
त्रिवि चिकित्सा अध्ययन संस्थान, जनस्वास्थ्य केन्द्रीय विभागको ७ ओ बार्षिक समारोहमा आयोजित ‘नेपालको चिकित्सा र जनस्वास्थ्य शिक्षा ः हामी सहि बाटो ?’ बिषय प्यानल डिस्कसन कार्यक्रममा सहभागिले नेपालको स्वास्थ्यमा सिपयुक्त जनशक्तिको आवश्यकता भएको औल्याएका छन् । उनीहरुले दक्षजनशक्ति विदेश जाने क्रम बढेको भन्दै त्यसलाई रोक्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसालले चिकित्सा शिक्षाका जनशक्ति रोक्नका लागि नेपालमा नै सन्तुष्टि दिने खालको जागिर दिनुपर्ने बताए ।
उनले नेपालमा चिकित्सा शिक्षाको राम्रो अध्ययन हुने गरेको र त्यो अध्ययन सकेर बाहिर जादा नेपाललाई धेरै नै घाटा हुने गरेको बताए ।
“नेपालबाट गएपछि स्वास्थ्यका जनशक्ति फर्कदैनन । स्वास्थ्य जनशक्तिबाट रिमिट्यान्स पनि एकदमै कम छ,” उनले भने,“नेपालमा त्यस्ता जनशक्तिलाई रोक्ने वातावरण बनाउनुपर्दछ ।”
उनले विदेशमा पनि काम गर्न नेपालका स्वास्थ्य जनशक्तिलाई त्यति सजिलो नभएको स्पष्ट पारे ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. भीमप्रसाद सापकोटाले नेपालमा चिकित्सा क्षेत्रमा सीपयुक्त जनशक्ति चाहिएको बताए ।
उनले दुरदराजमा दक्ष जनशक्तिको अझै अभाव रहेको भन्दै त्यससंगै सीपयुक्त जनशक्ति आवश्यक रहेको बताए । उनले मुलुकमा नै स्वास्थ्य जनशक्तिलाई आकर्षण रहेको भन्दै विदेश नजान आग्रह गरे । आफूलाई पनि जर्मन सरकारले त्यही बस्न आग्रह गरेको तर आफू स्वदेशमा नै सेवा गर्ने इच्छा भएर त्यहाँको जागिर नखाएको स्पष्ट पारे ।
कार्यक्रममा राष्ट्रिय चिकित्सा शिक्षा आयोग निर्देशक प्रा डा. सुजनबाबु मरहठ्ठाले गुणस्तरिय शिक्षा र राज्यको आवश्यकता अनुसार दक्षजनशक्ति उत्पादनमा आयोगको उद्देश्य रहेको भन्दै नेपालमा उत्पादनका भएका जनशक्ति जनुसुकै देशमा गएर काम गर्ने सक्ने बताए । उनले उत्पादन भएका जनशक्तिको व्यवस्थित भएमात्र लगानी सुनिश्चित हुने बताए । उनले आयोगमा हरेक बर्ष तीनदेखि चार जना छात्रवृत्तिमा नाम निकाले विद्यार्थीले छाड्ने गरेको उल्लेख गरे
आयोगका निर्देशक प्राडा. मरहठ्ठा आयोगद्धारा संचालित कार्यक्रममा गुणस्तरि सुनिश्चिताका लागि मापदण्ड बनाउने तयारी भइरहेको बताउनुभयो । उनले चिकित्सा शिक्षाको पढाउने लाइसेन्समात्र नदिएर नियमन आवश्यक रहेको बताए ।
कार्यक्रममा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सेवा आयोगका अध्यक्ष डा. केदारवहादुर बरालले छात्रवृत्तिमा पढेका चिकित्सकलाई दुरदराजमा नै पठाउनुपर्ने बताए ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष सुवोधकुमार शर्माले चिकित्सा आयोगले सवैलाई नसमेटिएको हुनाले पुर्नंसंरचना गर्न जरुरी रहेको बताए । “कि आयोग खारेज गर्नुपर्दछ कि पुर्नसंरचना गरेर सवैलाई समेटिनुपर्दछ,” उनले भने ।
नेपाल नसिङ्ग काउन्सिलका अध्यक्ष सरला केसीले नर्सहरु पनि विदेश जाने क्रम बढेकोमा चिन्ता व्यक्त गर्दै स्वदेशमा नै जागिर सन्तुष्टि हुने खालको दिलाउनुपर्ने बताइन् ।
प्यानल डिस्कसनको समन्वय डा. खेम कार्कीले गरेका थिए । सोही कार्यक्रममा विभागका कर्मचारी र विद्यार्थीलाई सम्मान गरिएको थियो ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक