‘शुक्रा ल्याब’ हाउस अफ डाइग्नोस्टिक तेस्रो बर्षमा

हेल्थपत्र

काठमाडौं, ३ जेठ । ‘शुक्रा ल्याब’ हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरले तेस्रो बर्षमा प्रवेश गरेको छ ।
रिजल्ट ह्येर म्याटर्स’ भन्ने मूल नाराका साथ २०८० जेट ३ गते देखि सेवा शुरु गरेको शुक्राले आज पानीपोखरीस्थित आफ्नो कार्यालयमा दोस्रो बार्षिकत्सव मनाएको हो । नेपालमा परीक्षण नहुने भारतमामा पठाउनु पर्ने बाध्यतालाई कम गर्ने उद्देश्यले यस ल्याबको स्थापना गरिएको सेन्टरकी अध्यक्ष डा ममता श्रेष्ठ लाखेले बताइन्। उनले भनिन् ‘शुक्राले नेपालमै दिरहेको इम्युनो हिस्ट्रोक्यामेष्ट्री, मोलिक्युलर प्याथोलोजी भारतमा पठाउँदा १० देखि १५ दिन लाग्छ। जुन यहाँ ५ दिनमै रिपोर्ट आउँछ।’
डा लाखेले सेन्टरले आफ्नो सेवाग्राहीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न किसिमका गुणस्तरीय ल्याब परीक्षण, मल्टीस्पेशलिटि विशेषज्ञ परामर्श सेवा, एक्सरे, युएसजि, ईसिजी, ईको र फार्मेसी सेवाहरु उपलब्ध गराउदै आइरहेको जानकारी दिइन्।
यस दुई वर्षको अवधिमा डाईग्नोस्टिक र विशेषज्ञ सेवा गरी ५० हजार भन्दा बढी सेवाग्राहीहरुले सेवा लिईसकेको सेन्टरमा म्यानेजिङ डाइरेक्टर डा राकेश शाहले जानकारी दिए।
अरु ल्याब भन्दा छुट्टै गुणस्तरीय सेवा को पहिचान बोकेको यस संस्थाको ल्याब भित्र मल्टीस्पेशालिटी विशेषज्ञ परामर्श प्याथोलोजी, माईक्रोबायोलोजी, बायोक्यामेस्ट्रीका विभिन्न वरिष्ठ विशेषज्ञ टोलीहरु आबद्ध रही सेवा दिइरहेको उनले जानकारी दिए।
सेन्टरकी प्रशासन प्रमुख रोजिका प्रधानले दोसो वार्षिक उत्सवको अवसरमा आफ्नो सेवाग्राहीहरुको स्वास्थ्यललाई ध्यानमा राख्दै जेष्ठ महिना भरीको लागि ल्याव रुटिन टेस्ट, एक्सरे, युएसजी, ईसिजि र ईको सेवाहरुमा २५ प्रतिशत छुट रहेको बताइन्।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक