फार्मेसी सहायकको नाम दर्तामा ९० प्रतिशत फेल

हेल्थपत्र

२०८२ भाद्र २५ बुधबार

कठमाडौँ, २५ मङ्सिर ः फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) को परीक्षामा अत्यन्तै कम प्रतिशत उत्तीण भएका छन् ।
नेपाल फार्मेसी परिषद्ले शनिवार लिएको २६ औ फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षामा १०.२० प्रतिशत मात्रै उत्तीर्ण भएका परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेले जानकारी दिए ।
परीक्षामा एक हजार २६४ जना मात्रै सहभागी भए । ती मध्ये १२९ जना (१०.२० प्रतिशत) मात्रै उत्तीर्ण भएका थिए । परीक्षाका लागि कुल एक हजार २९९ जनाले फारम भरेका थिए ।
रजिष्ट्रार पाण्डेले नाम दर्ता परीक्षामा ९० प्रतिशत अनुत्तीर्ण हुँदा कलेजहरुको पढाईको गुणस्तरमा समेत प्रश्न उठेको बताए ।
परिषद् बोर्ड सदस्य निरज बर्तौलाले मापदण्ड विना सम्बन्धन दिने र राम्रोसंग अध्ययन गराउँदा विद्यार्थी अनुत्र्तिण भएको बताए ।
“डिप्लोमा इन फार्मेसी पढेपछि औषधि पसल राख्न पाइन्छ भन्ने धेरैलाई लागेको छ । अनि भारतमा गएर पनि बिद्यार्थी पढ्ने गरेका छन” उनले भने, “राम्रोसंग पढाई नहुने र लाइसेन्सका लागि पनि अनलाइन कक्षा लिने गरेकोले धेरै अनुत्र्तिण भएका हुन ।”
उनले भारतबाट पढेर आएका परीक्षार्थी धेरै अनुत्तिण हुने गरेको बताए । उनले फार्मेसी पढाउने गुणस्तर शिक्षकको अभाव समेत हुने गरेकोले अनुत्र्तिण बढेको बताए ।
यसअघि पनि २५ औ परीक्षामा अत्यन्तै न्यून परीक्षार्थी उत्र्तिण भएका थिए । ८८५ जनामा १०४ जना मात्र उत्र्तिण भएका परिषद्का बोर्ड सदस्य बर्तौलाले जानकारी दिए ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक