प्रथम कालीगण्डकी प्रीमियर लिगको टिम छनौट प्रकृया सकियो

हेल्थपत्र

२०८२ भाद्र २५ बुधबार

दिपक न्यौपाने, काठमाडौं । नवमिर्मिरे युवा क्लव द्वारा आयोजित प्रथम कालीगण्डकी प्रीमियर लिगको टिम छनौट प्रकृया भर्खरै कालिगण्डकी पार्टि प्यालेसमा सकिएको छ । अक्सन विधिवाट खेलकुद गर्ने कालिगण्डकी गाउँ पालिका सायदै पहिलो गाउँपालिका हुनुनपर्छ ।

उक्त कार्यक्रममा सभापतिको आसन ग्रहण गर्दै कालिगण्डकी ०७ का वडाध्यक्ष उम प्रसाद भट्टराईले भन्नुभयो, “खेलमा हारजित हुन्छ, आफ्नो खेलभावना, र प्रतिभा देखाउने अवसर गाउपालिकाले जुटाईदिएको छ ।“

“देशको लागि खेलकुद र स्वास्थ्यको लागि खेलकुद “ भन्ने नाराका साथ स्थानिय क्लवले गाउँपालिकाको मार्गदर्शनमा पहिलो पटक दशैको पावन अवसरमा कृकेटको सम्भावनाले गर्दा प्रतियोगिता गर्न लागिएको कालिगण्डकी युनाइटेडका टिम म्यानेजर निम प्रसाद न्यौपानेले जानकारी गराउनुभयो। कालिगण्डकी नदीको सभ्यता वोकेको, धार्मिक, सास्कृतिक धरोहर मिर्मिलाई नेपालभरी चिनाउने कोशे ढुङ्गा सावित हुने मिर्मि युनाइटेड का खेल क्याप्टेन तथा मार्की प्लेयर प्रबिन भट्टराईले वताउनुभयो ।

उक्त कार्यक्रमको लागि स्थानिय समाजसेवी तथा हाम्रो स्टेशनरीका प्रोप्राइटर भुपराज न्यौपानेले अम्पायर जर्सी सहयोग गर्नुभएको छ ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक