तीन अस्पतालका सिटी स्क्यान मेसिन बिग्रिएपछि

हेल्थपत्र

२०८२ माघ २ बिहीबार

काठमाडौँ, । मुलुकका सङ्घीय अस्पतालहरुमा आएका उपकरणमध्ये १४ प्रतिशत जडान नै नगरिएको पाइएको छ ।
स्वास्थ्य सेवा विभागले लाइफलाइन इन्टरप्राइजेजसंगको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘नेपालका सार्वजनिक स्वास्थ्य संस्थामा वायोमेडिकल उपकरणको सर्वेक्षण’ सार्वजनिक कार्यक्रममा इन्टरप्राइजेजका अध्यक्ष अंजली टिवरीवालले दुई हजार ६४५ स्वास्थ्य उपकरण अझै जडान नगरिएको जानकारी दिए
उनका अनुसार वागमती, कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका ११ अस्पतालमा गरिएको सर्वेक्षणमा एक हजार ८२३ उपकरण विग्रेका छन् ।
गत कार्तिकदेखि चैतसम्म गरिएको ति अस्पतालमा १९ हजार १७४ उपकरणको अवस्थाका बारेमा सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा एक हजार ७४ उपकरण राम्रा तर प्रयोग नआएको देखिएको पाइएको सर्वेक्षणका वायोमेडिकल इन्जिनियर भाष्कर रिजालले जानकारी दिए ।
“कोरोना भाइरसको वेला आएका उपकरण अहिले त्यतिकै थन्किएर बसेका छन,” उनले भने, “पहिला कोरोना कालमा प्रयोग भएका ति उपकरण अहिले विरामी नभएपछि त्यतिकै प्रयोगमा आएका छैनन् ।”
यस्तै सर्वेक्षणमा ति अस्पतालमा रहेका तीन वटा सिटी स्क्यान मेसिन विग्रेर थन्किएका छन् ।
वायोमेडिकल इन्जिनियर रिजालका अनुसार वीर अस्पताल, नेपाल शसस्त्र प्रहरी वल अस्पताल र कोशी अस्पतालमा रहेको सिटी स्क्यान मेसिन विग्रेको छ । ति स्क्यानको अधिकांशको चार्चर वोर्ड, व्याट्री, टेलव विग्रेको उनले बताए ।
उनले कोशी अस्पतालको सिटी स्क्यान बनाउने धेरै नै खर्च लाग्ने भएकोले नबनाउन आग्रह समेत गरेको बताए । “कोशी अस्पतालको सिटी स्क्यान पुरानो र मर्मत गरेर संचालन गर्न धेरै खर्च लाग्ने भएकोले नबनाउन सुझाव दिएका छौ” उनले भने, “वीर र नेपाल शसस्त्र प्रहरी वल अस्पतालको सिटी स्क्यान चलाएर विरामीको उपचारमा प्रयोग गर्न सकिन्छ ।”
वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले अस्पतालमा विग्रिएका स्वास्थ्य उपकरणको मर्मत गरेर संचालन गर्नका लागि वायोमेडिकल इन्जिनियर नभएको बताए । “हामीले पटक पटक वायोमेडिकल इन्जिनियर चाहियो भनेर सरकारलाई भनेको छौ” उनले भने “तर सरकारले अहिलेसम्म एक जना पनि वायोमेडिकल इन्जिनियर पठाउन सकेको छैन । अहिले हामीले वायोमेडिकल प्राविधिकको सहयोगमा स्वास्थ्य उपकरणको परीक्षण गरिरहेका छौ ।”
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. संगिता मिश्राले सरकारले स्वास्थ्य उपकरणको मर्मतका लागि कम बजेट विनियोजन गर्ने भएकोले मर्मतमा समस्या भएको बताइन । उनले सातवटै प्रदेशमा स्वास्थ्य उपकरण मर्मतका लागि केन्द्र स्थापनाको तयारी समेत भइरहेको जानकारी दिइन् ।
विभागको व्यवस्थापन शाखाका निर्देशक डा.श्रवण थापाले नचलेका ठाउँका उपकरण चलाउने ठाउँमा पठाउने काम भइरहेको बताए ।

 

 

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक