‘ग्लोबल मनी वीक’ को अवसरमा विद्यार्थीको प्रश्न: बिमा कार्यक्रमलाई विद्यालय तथा विद्यार्थीसँग कसरी जोड्न सकिएला ?

हेल्थपत्र

२०८२ माघ २ बिहीबार

काठमाडौंः नेपाल राष्ट्र बैंकको आयोजनामा ग्लोबल मनी वीकको अवसरमा काठमाडौंमा विद्यार्थीसँग अन्तकृया भएको छ । सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरता अभियान देशका दुर्गम क्षेत्र समेत पु¥याउन जरुरी रहेको बताए ।

उनले वित्तीय फ्रेमवर्कमा वित्तीय साक्षरता वित्तीय जागरणका रुपमा विद्यालय तहको पाठ्यक्रम (सेलेवस) मा पनि राख्नको लागि समन्वय भइरहेको जानकारी दिए । पैसाको बचत गर्ने र भविष्यको लागि सुरक्षित राख्ने विषयलाई प्राथमिकता दिएर ग्लोवल मनि विक मनाउने गरिएको गभर्नर अधिकारीको भनाइ छ ।

आइतबारदेखि ग्लोवल मनी वीक २०२४ सुरु भएको छ । ग्लोवल मनी विक ओईसीडि वित्तीय शिक्षाको लागि अन्तर्राष्ट्रिय सञ्जालले मार्च १८ –२४ मार्चसम्म बिश्वव्यापी रूपमा रुपमा आयोजना गर्ने साप्ताहिक कार्यक्रम हो । यस वर्षको ग्लोवल मनी वीकको नारा ‘प्रोटेक्ट युअर मनी, सेक्योर योर फ्युचर’ रहेको छ । सन् २०१२ देखि हरेक वर्ष ग्लोवल मनी विक विश्वभर मनाउने गरिएको छ । यो बालबालिका र किशोर किशोरीहरुमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यले मनाइने एउटा अभियान हो ।

ज्योति एकेडेमी सीतापाइलामा कक्षा ७ मा अध्ययनरत विद्यार्थी स्वीकार पोखरेललेनेपाल विमा प्राधिकरणका निर्देशक कमलप्रसाद रेग्मीलाई प्रश्न सोधे, ‘देशको अर्थतन्त्रको विकासमा विमाको योगदान अतुलनीय छ । विमा कार्यक्रमलाई विद्यालय तथा विद्यार्थीसँग कसरी जोड्न सकिएला ? ’

जबाफमा नेपाल बिमा प्राधिकरणका निर्देशक रेग्मीले भने, ‘धेरै अगाडीदेखि विद्यालयको पाठ्यक्रममा विमाको बारेमा जानकारी गराउनुपर्छ भनेर कक्षा १० , स्नातक तहको पाठ्यक्रक्रममा विमा सम्बन्धी सामग्री पढाईने गरिएको छ । प्याव्सन, ऐन प्याव्सन मार्फत् पनि विद्यालयहरुमा अन्तकृया गर्छौ । भौतिकरुपमा नै विद्यालयमा गएर कार्यक्रमपनि गरिरहेका छौँ । विशेषगरि दुर्गम र विकट जिल्लाका विद्यालयमा यो कार्यक्रम गरिराखेका छौँ ।’

कार्यक्रमको उद्घाटन सत्रमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसँगै राष्ट्र बैंक र वित्तीय क्षेत्रका अन्य नियामक निकायका उच्च अधिकारी तथा बैंकरहरूको उपस्थिति थियो ।

कार्यक्रमको दोस्रो सत्रमा नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण, सहकारी विभाग, बैंकर्स एसोसिएनका अधिकारी विद्यार्थीहरूको सहभागितामा प्यानल छलफल भएको थियो । सो अवसरमा राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकाल, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, बीमा प्राधिकरणका निर्देशक कमलप्रसाद रेग्मी, सहकारी विभागका उप– रजिष्ट्रार टोलराज उपाध्याय र नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल केसीले आ–आफ्ना निकायको कार्य क्षेत्र र कामकारबाहीसँग सम्बन्धित विषयमा विद्यार्थीलाई जानकारी दिए ।

त्यस क्रममा उहाँहरूले विद्यार्थीले राखेका जिज्ञासाको जवाफसमेत दिएका थिए । नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाका निर्देशक किरण पण्डितले प्यानल छलफलको सहजीकरण गरेका थिए ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक