यसरी मनायो एप्पल स्कुलले सरस्वती पुजा…

हेल्थपत्र

काठमाडौं । तीनकुनेस्थित एप्पल इन्टरनेश्नल स्कुलले आज बुधबार सरस्वती पुजाको अवसरमा सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण गरेको छ । विद्यालयमा सरस्वती पुजाको अवसरमा विशेष समारोहको आयोजना गरि सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण गरेको हो । सो अवसरमा विद्यार्थीहरुले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।
यस्तै, विद्यालयले सप्ताह व्यापी खेलकुद प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरेको थियो । विद्यालय पठाउने उमेर पुगेका बालबालिकालाई अक्षरारम्भ गराइएको थियो ।
सरस्वती पुजाका लागि मन्दीर निर्माण, स्टेज व्यवस्थापन, रङरोगन लगायतका सम्पूर्ण कार्यक्रम विद्याथीहरुले गरेका थिए । कार्यक्रममा विद्यार्थी, अभिभावक र शिक्षकले सरस्वतीको पुजा गरेका थिए ।
एप्पलका प्रधानाध्यापक यमनाथ मैनालीले विद्यार्थीको गुणात्मक शिक्षा प्राप्तीका लागि विद्यालयले कुनै कञ्जुस्याई नगर्ने बताए ।
ज्ञान, बुद्धि र विवेक प्राप्तिका लागि विद्याकी अधिष्ठात्री देवीका रुपमा सरस्वतीको पूजाआजा गरिन्छ । हिन्दूको धार्मिकग्रन्थ पुराणमा उल्लेख गरिएनुसार, माघ शुक्ल पञ्चमी तिथिका दिन ब्रह्माले सृष्टिमा देवी सरस्वतीलाई आह्वान गरेपछि सरस्वती अवतरित हुनुभएको विश्वास गरिन्छ । आजको दिनदेखि विद्यालय पठाउँदा ज्ञान र बुद्धि धेरै हुने जनविश्वास छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक