डेन्टल समूहको विज्ञापन रद्ध, दरबन्दी नसच्याईए आन्दोलन गर्ने नेपाल डेन्टल साईन्स हाईजेनिष्ट एसोसिएसनको चेतावनी

हेल्थपत्र

२०८२ माघ २ बिहीबार

काठमाडौंः नेपाल डेन्टल साइन्स हाइजेनिष्ट एसोसिएसनले वागमती प्रदेशले डेन्टल समूह तर्फको दरबन्दीे विज्ञापन रद्ध गर्न गरेको पत्राचारप्रति आपत्ती जनाएको छ । बागमती प्रदेश अन्तर्गत स्वास्थ्य मन्त्रालयले कानुन विपरीत डेन्टल समूहको मात्र विज्ञापन रद्द गर्न गरेको पत्राचारप्रति एसोसिएसनले ध्यानाकर्षण भएको जनाएको हो ।

संघका अध्यक्ष माइकल देवकोटाले बिना कारण स्वार्थि समुहको प्रभाबमा परि ऐन कानुनको बेवास्था गर्दै डेन्टल समुहको मात्र बिज्ञापन रद्द गर्न गरेको पत्रचार प्रति ध्यानाकर्षण भएको बताए ।

एसोसियसनले जारि गरेको बिज्ञप्तीमा भनिएको छ, ‘नेपालका सुगम र दुर्गम स्थानहरुमा हाल पनि धेरै मानिसहरु दाँत र मुख सम्बन्धि रोगहरुको उपचार नपाएर बस्नुपरेको र राज्यले यस एसोसिएसनको निरन्तर प्रयासले केहि संघ र प्रदेश तथा स्थानिय तहहरुको ५÷१०÷१५ बेडका अस्पतालहरुमा सिडिएस डेन्टल हाईजेनिस्टहरुको दरबन्दि माग गरिरहेको अबस्थामा हाल आएर प्रदेश लोकसेबा आयोग बागमति प्रदेशले मिति २०८० माघ ८ गतेको सुचना नं १८४-०८०-०८१ बमोजिम प्रदेश निजामति सेबा तर्फको स्वास्थ्य सेबा डेन्ट्रिस्ट्री समुह पाँचौ तह, डेन्टल हाईजिनिस्ट पदको बि.नं १८३–१८५-०८०-०८१ (खुल्ला, महिला ) को कुल ९ जना मागिएकोमा स्वास्थ्य मन्त्रालय बाग्मति प्रदेशले २०८० माघ ९ मा बिना कारण स्वार्थि समुहको प्रभाबमा परि ऐन कानुनको बेवास्था गरि डेन्टल समुहको मात्र बिज्ञापन रद्द गर्न गरेको पत्रचार प्रति नेपाल डेन्टल साईन्स हाइजेनिस्ट एसोसिएसन को गम्भिर ध्यानआकर्षण भएको छ । ’

बिना कारण सिंगो पेशालाई नै चुनौति दिने र आम जनताको मुख स्वास्थ्यको मौलिक हक, अधिकारको हनन र देशमा नै बसेर देशको सेवा गर्ने दक्ष जनशक्ति लाई हतोत्साहित गर्ने कार्यले सम्पुर्ण दन्त स्वास्थ्यकर्मिहरुको मनमा चोट लागेको विज्ञप्तीमा भनिएको छ ।

अबको तिन दिन भित्र रद्ध गरिएको दरबन्दिलाई नसच्याइए बाग्मति प्रदेश स्वास्थ्य मन्त्रालय र बाग्मति प्रदेश लोकसेबा आयोगमा संघर्षका कार्यक्रम तय गर्ने एशोसियनले चेतावनी दिएको छ ।

 

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक