विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकमा वंगलादेशकी साइमा वाजेद नियुक्त

हेल्थपत्र

काठमाडौँ, । स्विट्जरल्याण्डको जेनेभास्थित विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कार्यकारी बोर्डले साइमा वाजेदलाई दक्षिण–पूर्वी एसियाका लागि विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकको रूपमा नियुक्त गरेको छ ।
नवनियुक्त क्षेत्रीय निर्देशकको रूपमा सपथ ग्रहण गर्दै वाजेदले डब्लुएचओको कार्यकारी बोर्डमा आफ्नो मन्तव्यमा भनिन्, “सदस्य राष्ट्रहरूले म माथि राखेको विश्वासकालागि धन्यवाद दिन चाहन्छु। धेरै काम गर्न अझै बाँकी छ, र तपाईहरू सबैसँग यो यात्रा सुरु गर्न पाउँदा म धेरै खुसी छु । आउँदो वर्षहरूमा हामीले मिलेर पुरा गर्नुपर्ने र गर्नसक्ने सबै कुराका लागि म उत्साहित छु ।”
वाजेदले फेब्रुअरी १, २०२४ देखि पाँच वर्षे कार्यकाल सुरु गर्नेछिन् । उनी बंगलादेशबाट पहिलो र विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रका लागि दोस्रो महिला क्षेत्रीय निर्देशक हुन् ।
गत नोभेम्बर १, २०२३ मा भारतको नयाँ दिल्लीस्थित दक्षिण–पूर्वी एसियाका लागि क्षेत्रीय समितिले उनलाई अर्को क्षेत्रीय निर्देशकको रूपमा निर्वाचित भएका हुन् ।
आफ्नो प्राथमिकताहरुमा जोड दिँदै, नवनियुक्त क्षेत्रीय निर्देशकले भनिन्, “सर्वप्रथम लामो समयदेखि उपेक्षित क्षेत्र मानसिक स्वास्थ्यमा ध्यान दिनु पर्नेछ । जीवनको हरेक पक्षलाई असर गर्ने तर सुषुप्तरुमा रहेको मानसिक स्वास्थ्यसम्बन्धी रोगलाई न्यूनीकरण गर्ने समय हो । म हाम्रो स्वास्थ्य सेवा प्रणाली मार्फत शारीरिक र मानसिक सु–स्वास्थ्य सुनिश्चित गर्न काम गर्नेछु । ”
दोस्रो, गर्भवती महिलासहित सबै महिला तथा बालबालिकाहरुका लागि विशेष पहलको सुरुवात र कार्यान्वयन गर्न म सधैं अग्रसर रहने छु । यी पहलहरु शिक्षा, सशक्तिकरण, र रोकथामलाई ध्यानमा राखेर निर्माण गरिनेछन्। उनले भनिन्, “यसका लागि आरोग्यताका साथै स्वास्थ्य परिक्षण, खोप तथा पोषण कार्यक्रमहरु, शारीरिक तथा मानसिक स्वास्थ्य प्रवद्र्धन, र उत्थानशीता जस्ता
विषय समावेश रहनेछन्।”
यस क्षेत्रमा हामीले प्राप्त गर्ने कुनै पनि सफलताको प्रभाव र फाइदा हामी पछिका धेरै पुस्तासम्म रहनेछ । यस क्षेत्रमा भएका सफलताहरूले समाजको माध्यमबाट समुदायको सामाजिक र आर्थिक स्वास्थ्यमा सुधार गर्ने नवनियुक्त क्षेत्रीय निर्देशकले बताइन्।
तेस्रो प्रविधिको प्रयोग सम्बन्धमा हो । विगत केही दशकहरूमा यसले हाम्रो जीवनमा जनस्वास्थ्यका विभिन्न क्षेत्रहरूमा नवीनताकोअनगिन्ती सम्भावनाहरूलाई प्रस्फुटन गराएको छ । स्वास्थ्य क्षेत्रमा डिजिटल क्रान्तिको प्रभाव ठूलो रहेको छ जसमा टेलीमेडिसिन र दुरदराजका बिरामीको निगरानीदेखि लिएर तथ्यांकमा आधारित निदान र व्यक्तिकेन्द्रित उपचार योजनासम्मसमावेश रहेको उनले बताइन् ।
पारदर्शी, दिगो र लगानीमा पर्याप्त प्रतिफल प्रदान गर्ने साझेदारी, सहकार्य र वित्तिय सहयोगमा वाजेदले जोड दिइन् ।
उनका अन्य प्राथमिकताकहरुमा निम्न क्षेत्रहरु समावेश छन
स्वास्थ्यमा सर्वव्यापी पहुँच – प्राथमिक स्वास्थ्य हेरचाह अवधारणामा आधारित स्वास्थ्य प्रणालीहरूकोसुदृढकरणस विपन्न जनसंख्याको पहिचानका लागि स्वास्थ्य असमानताहरूको अनुगमन गर्नेस, समतामुलक अवधारणाहरु निर्माण गर्न प्रमाण र तथ्याङ्कहरूमा केन्द्रित गर्ने र सबैलाई समान आधारमा गुणस्तरीय सेवाहरूमा पहुँच सुनिश्चित होस्भन्नका लागि सबै समूहहरूको
आवश्यकतालाई सम्बोधन गर्ने ।
महामारी विरुद्धको पूर्वतयारी तथा आपतकालीन प्रतिकार्य –महामारी विरुद्धको प्रभावकारी पूर्वतयारी र प्रतिकार्यको लागि सम्पूर्ण समुदायलाई संलग्न हुन राष्ट्रहरुलाई प्रोत्साहन गर्ने, विशेषगरी, स्वास्थ्य प्रणालीको सुदृढीकरणसँग पनि जोडिएको महामारी पूर्वतयारीकका लागि बहु–स्तरीय योजना निर्माण गर्ने ।
क्षेत्रीय र बहु–पक्षिय साझेदारी तथा सहकार्य: सदस्य राष्ट्रहरूको समग्र स्वास्थ्य योजना भित्र शिक्षा, आर्थिक, सामाजिक, गरिबी निवारण तथा विकास र विभिन्न नियामक क्षेत्रहरूको सक्रिय संलग्नताको प्रवद्र्धन गर्ने । स्वास्थ्यका सबै निर्धारकहरूलाई सम्बोधन गर्न बहुक्षेत्रसँग साझेदारी गर्ने ।
अनुगमन र प्रगति प्रतिवेदन – रणनीतिहरूको कार्यान्वयन मापन गर्न र निर्णय प्रक्रिया सुधार गर्न नवीनतम र सान्दर्भिक तथ्यांक र प्रतिवेदन प्रणालीहरूकोनिर्माण गर्ने । द्वन्द्व, आर्थिक र वातावरणीय संकटबाट विस्थापित आदिवासी जनजाति, शरणार्थी र आप्रवासी जनसङ्ख्याले सामना गरिरहेका लैङ्गिक असमानता, सामाजिक तथा आर्थिक चुनौती र विशेष मुद्दाहरूमा तथ्याङ्क
सङ्कलन गर्ने ।
जलवायु परिवर्तन – राष्ट्रिय नीति, रणनीति र योजनामा जलवायु परिवर्तनका उपायहरूलाई एकीकृत गरी रोकथाम र न्यूनीकरणका लागि संयन्त्रको विकास गर्ने । जलवायु र वातावरणीय परिवर्तनका कारण स्वास्थ्यमा परेकोप्रभावहरूको अनुगमन गर्ने र स्वास्थ्य क्षेत्रको उत्थानशिलतालाई प्राथमिकता दिने ।
सीमान्तकृत र जोखिममा परेका समूहहरूमा ध्यान केन्द्रित गर्ने – स्वास्थ्य पूर्वाधार योजना निर्माणमा उनीहरूको आवश्यकताहरूलाई प्राथमिकता दिई प्रतिकारात्मक र उपचारात्मक सेवाहरू प्रदान गर्न, सबैको सहभागिता सुनिश्चित गर्ने ।
को हुन नवनियुक्त क्षेत्रीय निर्देशक
साइमा वाजेदले संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित ब्यारी युनिभर्सिटीबाट स्नातक र चिकित्सा मनोविज्ञानमा स्नातकोत्तर उपाधि हासिल गरेकी छिन् । उनी सोही विश्वविद्यालयबाट संगठनात्मक नेतृत्वमा विद्यावारधी गर्ने तयारीमा रहेकी छन् ।
सन्२०१९ देखि उनी मानसिक स्वास्थ्य तथा अटिजम सम्बन्धी विश्व स्वास्थ्य संगठनका महानिर्देशकको सल्लाहकार र सन्२०१४ देखि मानसिक स्वास्थ्यमा विश्व स्वास्थ्य संगठनको विशेषज्ञ सल्लाहकार समूहको सदस्यकोरुपमा कार्यरत थिइन् ।
सन्२०१७ मा वाजेदलाई विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसियामा अटिजमका लागि सद्भावना दूत नियुक्त गरिएको थियो। उनले सोही वर्ष विश्व स्वास्थ्य संगठनकोदक्षिण–पूर्वी एसिया क्षेत्रको अटिजम स्पेक्ट्रम डिसअर्डर रणनीतिको सह–लेखन गरेकी थिइन्।
उनी संयुक्त राज्यको ग्लोबल हेल्थ प्रोग्राम चथम हाउसमा एसोसिएट फेलो, अटिजम र नसर्ने रोगका लागि बंगलादेशको राष्ट्रिय सल्लाहकार समितिकी अध्यक्ष र शुचोना फाउन्डेशन, बंगलादेश, ढाकाकी अध्यक्ष हुन्।
वाजेदलाई अटिजम र न्यूरोडेवलपमेन्ट डिसअर्डरका विषयमा काम गरेकोमा विश्व स्वास्थ्य संगठनकोदक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयले सन् २०१४ मा एक्सिलेन्स इन पब्लिक हेल्थ पुरस्कार र सन्२०१६ मा डा इब्राहिम मेमोरियल काउन्सिल, बंगलादेशद्वारा इब्राहिम मेमोरियल गोल्ड मेडल प्रदान गरेको थियो ।
सन्२०१७ मा, वाजेदले दक्षिण–पूर्वी एसियामा अटिजमका क्षेत्रमा काम गरेकोमा अमेरिकी संस्था शेमा कोलाईनुबाट अन्तर्राष्टिय«च्याम्पियन अवार्ड प्राप्त गरिन् । सन्२०१९ मा उनलाई ग्लोबल
मेन्टल हेल्थ प्रोग्राम्स, कोलम्बिया युनिभर्सिटी, संयुक्त राज्य अमेरिकाद्वारा इनोभेटिभ वुमन लिडर्स इन ग्लोबल मेन्टल हेल्थ अवार्ड प्रदान गरिएको थियो ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक