जाडोमा सुन्तला खाँदाका फाइदा

हेल्थपत्र

२०८२ भाद्र २५ बुधबार

चिसो मौसममा फल्ने सुन्तलाको महत्व धेरै छ। जाडो मौसममा न्यानो घाममा बसेर सुन्तला खानुको मज्जा नै बेग्लै हुन्छ।
साथीभाइसँग घाम ताप्दै सुन्तला खाँदा रमाइलो मात्र होइन स्वास्थ्यका लागि पनि निक्कै फाइदाजनक छ। सुन्तला स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि अत्यन्तै लाभदायक छ। सुन्तलामा भिटामिन सी प्रशस्त पाइन्छ। सुन्तला भिटामिन ‘सी’ को प्रमुख स्रोत पनि हो।

यस्ता छन् सुन्तलाका फाइदा

– भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ। बढी तौल भएका व्यक्तिका लागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम मानिन्छ।

– सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ। यसले छाला, फोक्सो, स्तन, पेट र मलासयमा क्यान्सर लाग्ने जोखिम घटाउँछ।

– सुन्तला खाइरहनुले मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्यामा न्यूनता आउँछ।

– सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ।

– सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ। यसको नियमित प्रयोग गर्दा शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउँछ।

– सुन्तलामा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छ। यसले मुटुको गतिविधिलाई सुचारु राखी मुटुलाई स्वस्थ राख्न मद्दत पुर्याउँछ।

– पोटासियमको कमीले मुटुसम्बन्धी रोग लाग्ने गर्छ। सुन्तला नियमित खान सक्यो भने यो रोगमा केही कमी आउन सक्छ।

– सुन्तलामा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन्। यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन्।

– कब्जियतको समस्या छ भने सुन्तला नियमित खान सक्यो भने यो समस्या समाधान हुन सक्छ। यसमा फाइबरको मात्रा उच्च हुन्छ, जसले पाचन प्रक्रियालाई पनि बलियो बनाउँछ।

– सुन्तलामा पाइने भिटामिन–ए, क्यारोटेनोइडजस्ता तत्वले आँखालाई तेजिलो बनाउँछन् र रतन्धोजस्तो समस्या देखापर्न दिँदैन।

– सुन्तलामा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ।

– सुन्तलामा बेटा–क्यारोटिन पाइन्छ। यो उत्तम एन्टी अक्सिडेन्ट हो। यसले छालामा थप चमक आउँछ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक