चर्चित पाकिस्तानी सेलिब्रेटी डाक्टर एलिया नेपालमा

हेल्थपत्र

२०८२ भाद्र २५ बुधबार

काठमाडौँ, । चर्चित पाकिस्तानी टिकटकर तथा मोडेल डा.एलिया सोयव नेपाल आएकी छन् ।
टिकटकमा एक करोड १५ लाख फलोअर्स रहेकी एलियाको स्न्यापच्याटमा एक करोड ५० लाख, इन्टाग्राममा ५ लाख, युट्युवमा एक लाख सस्क्राइबर रहेका छन् ।
उनी चिकित्साशास्त्रकी विद्यार्थी हुन् । चर्चित नेपाली गायक सुरेश लामाको टिकटक जोडीको रुपमा टिकटकमा आएर सुरेशको गायन र एलियाको अभिनय र साथको कारण नेपाली फ्यानहरुमाझ पनि अति नै लोकप्रिय डा.एलिया साएव परिवारसहित नेपाल घुम्न तथा म्युजिक भिडियोमा अभिनय गर्न साथै आफ्ना नेपाली फ्यान फलोअर्ससँग भेट्न आएकी हुन् ।
नेपाली संगीत क्षेत्र र सुरेश लामालाई विश्व मञ्चमा पु¥याउने बताउँदै सोही अनुसार उनले साथ सपोर्ट गर्दै आएकी छन् ।

डा.एलिया नेपालीलाई अति नै माया गर्ने पाकिस्तानी सेलिब्रेटी हुन् । उनलाई एयरपोर्टमा सयौँको संख्यामा रहेका नेपाली समर्थकहरुले स्वागत गरेका थिए । डा एलियाले नेपाली , पाकिस्तानी, बंगलादेशी, भारतीय समर्थक तथा फलोअर्स समेटेर अलरेस परिवार पनि बनाएकी छन् ।

जसमार्फत जाजरकोटका भुकम्प पीडितहरुका लागि रु बीस लाखभन्दा बढीको राहत सामग्री सदस्यहरु तथा सुरेश लामा आफैँ गएर बाँडेका थिए । अलरेस फ्यामेली टिकटक जगतकै बलियो र सृजनशील परिवारको रुपमा चिनिन्छ ।

एलियाको एएल र सुरेशको आरइएसएच शब्द जोडेर बनेको अलरेस परिवार चाँडै नै अलरेस इन्टरनेशनलको रुपमा विश्वभरी फैलिने क्रममा रहेको अलरेस परिवारका सक्रिय सदस्य तिर्थ आचार्यले बताए। ,

नेपाललाई संगीतको माध्यामबाट विश्वभरी चिनाउने, एलियाले नेपाली प्रति देखाएको साथ सपोर्ट, माया र करुणालाई विश्व मानव जातिमा बाँड्ने उद्दश्यका साथ अघि बढेको अलरेस परिवारका अर्का सक्रिय सदस्य सुजेश लामाले बताए । डा.एलिया १५ दिन नेपाल रहने छिन् ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक